टर्कीको होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुग्यो

हिमाल प्रेस ९ माघ २०८१ १६:१३ | Wednesday, January 22, 2025
टर्कीको होटलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ७६ पुग्यो तस्बिर : बीबीसी

काठमाडौँ– उत्तरपश्चिम टर्कीको एउटा होटलमा आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन्।

टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताए। अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन्।

सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरेका छन्। ‘यो एकताको दिन हो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए।

टर्की सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ। न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको बताए।

आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए।-रासस

प्रकाशित: ९ माघ २०८१ १६:१३ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast