‘जुना’ को टिजर: अनमेल विवाहपछि नारीले भाेग्नुपरेकाे पीडा

हिमाल प्रेस २ माघ २०८१ ११:५९ | Wednesday, January 15, 2025
‘जुना’ को टिजर: अनमेल विवाहपछि नारीले भाेग्नुपरेकाे पीडा

काठमाडौँ- फिल्म ‘जुनाः एक व्यथा’ को टिजर सार्वजनिक भएको छ। टिजरमा अनमेल विवाहपछि एउटी नारीको जीवनमा कस्तो असर पर्छ भन्ने देखाउन खोजिएको छ।

मुख्य भूमिकामा छिन् कलाकार अस्मिता ढकाल। साथै फिल्ममा कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ।

यही माघ २५ मा प्रर्दशन हुने फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन्। फिल्मको कथा राजबहादुर सानेले लेखेका छन्। बाल विवाह तथा महिला हिंसा निरुपण गर्ने उद्देश्यले निर्माण गरिएको टिमले जनाएको छ।

फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्चको ब्यानरमा निर्माण भएको हो। पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा दीपकप्रसाद घिमिरेले लगानी गरेका छन्।

फिल्ममा बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ।

प्रकाशित: २ माघ २०८१ ११:५९ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast