जिप दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

हिमाल प्रेस १७ माघ २०८१ १५:१० | Thursday, January 30, 2025
जिप दुर्घटनामा एकै परिवारका तीनजनाको मृत्यु

खोटाङ– दिक्तेलबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको जिप ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङ गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको जिप दिक्तेलबाट बिरामी लिएर काठमाडौँ हिँडेको थियो।

आगलागीमा परी गम्भीर घाइते भएकी माया गुरुङलाई लिएर काठमाडौँ जाँदै गरेको जिप दुर्घटना भएको हो।

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा बिहीबार बिहान करिब ६ः३० बजेको समयमा जिप दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए। जिप चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन्। उनी फरार रहेको हुनसक्ने प्रहरीको अनुमान छ।

जिपमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए। ‘सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो। घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ,’ उनले भने, ‘चालक भेटिएका छैनन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।’–रासस

प्रकाशित: १७ माघ २०८१ १५:१० | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast