जसपा नेपालले भन्यो : नियमित कामलाई उपलब्धिका रूपमा देखाएर ढाँट्ने काम नगरियोस्

हिमाल प्रेस १८ माघ २०८१ १७:२० | Friday, January 31, 2025
जसपा नेपालले भन्यो : नियमित कामलाई उपलब्धिका रूपमा देखाएर ढाँट्ने काम नगरियोस्

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नियमित कामलाई उपलब्धि भनेको भन्दै असन्तुष्टि जनाएको छ।

शुक्रबार संसदको बैठकमा बोल्दै उनले नियमित रूपमा भए गरेका कामलाई उपलब्धिका रूपमा देखाएर सरकारले छुट नपाउने बताएका हुन्।

‘नियमित कामलाई उपलब्धि भन्नु आफैँलाई ढाट्नु बराबर हो,’ यादवले भने।

अर्थतन्त्र सुधारका पक्षमा काम गरिएको भनेर प्रधानमन्त्रीले संसदमा धारणा राखेको बताउँदै उनले तदअनुरुपको काम गर्न आग्रह गरे।

यादवले नागरिकमा रहेको निराशालाई आशामा बदल्ने गरी संसदको चालु अधिवेशनबाट आवश्यक विधेयक पारित गर्नुपर्ने बताए।

पाथीभारा केबलकार निर्माणका क्रममा उत्पन्न विवादमा स्थानीय प्रशासनले बल प्रयोग गर्दा भएको समस्या सृृजनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न माग गरे।

प्रकाशित: १८ माघ २०८१ १७:२० | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast