‘छिमेकीसँग खुलस्त कुरा राख्नुपर्छ, सानो देश भनेर हीनताबोध पाल्न जरुरी छैन’

हिमाल प्रेस ७ माघ २०८१ १५:२२ | Monday, January 20, 2025
‘छिमेकीसँग खुलस्त कुरा राख्नुपर्छ, सानो देश भनेर हीनताबोध पाल्न जरुरी छैन’ फाइल तस्बिर ।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सानो देश भनेर हीनताबोध पाल्न जरुरी नरहेको भन्दै छिमेकीहरूसँग खुलस्त ढंगले आफ्ना कुरा राख्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) परराष्ट्र मामिला विभागद्वारा सोमबार आयोजित ‘नेपालमा परराष्ट्र नीतिबारे संवाद’ कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सानो देश भनेर हिनताबोध पाल्न जरुरी छैन,हामी भन्दा साना देश एक सय भन्दा बढी छन्। हामीले हाम्रा छिमेकी मित्रहरूसँग खुलस्त मित्रतापूर्ण ढंगले आफ्ना कुराहरू राख्नुपर्दछ।’

उनले सबै विषयमा तर्कपूर्ण र तथ्यपूर्ण ढंगले राख्नुपर्नेमा जोड दिए। ‘आफ्नो दृष्टिकोण, आफ्नो पोजिसन यहाँनेर छन् र यी जायज छन् भन्ने कुरा खुलस्त ढंगले पुष्टि गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘हवाइ उड्यनका सम्बन्ध, सीमा नाकाहरूको सम्बन्ध, उद्योग कहाँ खोल्ने, नखोल्ने भन्ने सम्बन्धमा। अथवा यो वा त्यो सबै इस्युमा।’

कुरा चपाएर बोल्ने कुरालाई कूटनीति नभनिने भन्दै उनले स्पष्ट र बुझिनेगरी आफ्ना कुरा राख्नुपर्नेमा जोड दिए।

प्रकाशित: ७ माघ २०८१ १५:२२ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast