छन्द कवि रीता पोखरेललाई रुद्र निरौला स्मृति पुरस्कार

हिमाल प्रेस २९ पुष २०८१ ९:०२ | Monday, January 13, 2025
छन्द कवि रीता पोखरेललाई रुद्र निरौला स्मृति पुरस्कार पुरस्कार ग्रहण गर्दै कवि रीता पोखरेल।

काठमाडौँ- छन्द कवि कवि रीता पोख्रेललाई यसवर्षको रुद्र निरौला स्मृति पुरस्कार प्रदान गरिएको छ। माधुर्य स्वरमा छन्द कविता वाचन गर्ने एवं कविता लेखन गर्ने युवा कवि पोख्रेललाई शनिबार पुरस्कार प्रदान गरिएको हो।

साहित्यक कला संगम दमक, झापाको आयोजनामा प्रत्येक वर्ष वितरण गरिने रुद्र निरौला स्मृति पुरस्कार पोखरेललाई र चन्द्रवीर खड्का स्मृति पुरस्कार म्याराथुन धावक सुरज सिंहलाई प्रदान गरिएको हो।

कविशिरोमणि लेखनाथ पौडेलको १४१ औँ जन्मजयन्तीका सन्दर्भमा पुरस्कार समारोह सम्पन्न भएको थियो। पुरस्कारको राशि क्रमश १५ हजार र ११ हजार नगदसहित स्मृति चिन्ह रहेको थियो।

संस्थाका अध्यक्ष विष्णु न्यौपानेको सभापतित्व र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जीवनहरि शर्मा, कमलराज भट्टराई, हेमनाथ अधिकारी, खड्गबहादुर थापालगायतले बधाई एवम् शुभकामना मन्तव्य राखेका थिए।

प्रकाशित: २९ पुष २०८१ ९:०२ | Monday, January 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast