 
                             
                                            काठमाडौँ- उद्योग वाणिज्य महासंघ चितवनले यही पुस २५ देखि माघ १० गतेसम्म चितवन महोत्सव आयोजना गर्ने भएको छ।
महोत्सव कृषि, पर्यटन, शिक्षा, रोजगार, स्वास्थ्य, व्यापार मेला र सूचना प्रविधि केन्द्रित हुने महासंघले जनाएको छ।
आज आयोजित पत्रकार सम्मेलनमा चितवन महासंघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवन महोत्सवलाई अर्थसँग जोडेर आयोजना गर्न लागिएको जनाए।
कोभिडपछि देशको अर्थतन्त्र बिग्रेपनि सरकारले ठोस कदम चाल्न नसकेको उनको भनाइ छ।
महोत्सव मुख्य आयोजक ग्लोबल आईएमई बैंक रहेको छ। ५ लाख जनाले महोत्सव अवलोकन गर्ने र ३० करोडको कारोबार हुने महासंघले जनाएको छ।

                            प्रकाशित: १९ पुष  २०८१ १३:५४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 