चार महिनापछि कोशीको प्रदेशसभा बैठक

हिमाल प्रेस ७ माघ २०८१ १३:१७ | Monday, January 20, 2025
चार महिनापछि कोशीको प्रदेशसभा बैठक कोशी प्रदेशसभा। फाइल तस्बिर।

इटहरी- कोशी प्रदेशको हिउँदे सोमबार (आज) दिउँसो २ बजे सुरु हुँदैछ। पाँचौं अधिवेशन अन्त्य भएको चार महिनापछि छैटौं अधिवेशन तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुन लागेको हो। प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकका लागि ५ वटा कार्यसूची छन्। सुरुमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र वाचन गर्नेछन्।

त्यसपछि केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस हुनेछ। त्यसलगत्तै सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस हुनेछ। मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल हुनेछ। त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूले आआफ्नो मन्तव्य राख्ने छन्।

गत असोज ४ गते कोशी प्रदेशको पाँचौं अधिवेशन अन्त्य भएको थियो।

प्रकाशित: ७ माघ २०८१ १३:१७ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast