चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस १० माघ २०८१ १८:२५ | Thursday, January 23, 2025
चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

आज (बिहीबार) राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरु जापानका मेडा तोरु, तुर्कमेनिस्तानका शालार गेल्डिनाजारोभ, लाओसका बाउन्मी भ्यान्मानी र इरानका डा इराज इलाहीले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

त्यसअवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए। नवनियुक्त राजदूतहरूलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

प्रकाशित: १० माघ २०८१ १८:२५ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast