घरजग्गा कारोबारमा विदेशी भित्र्याउने कानुन बनाउन माग

हिमाल प्रेस ९ माघ २०८१ १५:२१ | Wednesday, January 22, 2025
घरजग्गा कारोबारमा विदेशी भित्र्याउने कानुन बनाउन माग

काठमाडौँ- नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले रियल इस्टेट परियोजनामा विदेशी लगानी भित्र्याउन पाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष घिमिरेले यसले विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुग्ने भएकाले रियल इस्टेट परियोजनामा विदेशी लगानी भित्र्याउन कानुनी व्यवस्था गर्न सरकारको ध्यानकर्षण गराए।

उनले रियल इस्टेट उ्द्योगको विकासका लागि हदबन्दी छुट दिन आवश्यकता रहेको बताए। उनले अनुमति प्राप्त रियल इस्टेट कम्पनीहरुले निर्माण गरेका घर तथा अपार्टमेण्ट भित्रका सामूहिक उपयोगको क्षेत्रको स्वामित्व हस्तान्तरणको सम्बन्धमा हालै जारी अध्यादेशले खरिद बिक्री हुन बाँकी रहेको घर तथा अपार्टमेन्टलाई सम्बोधन गरेको भन्दै स्वागत गरे।

जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथै आवास खरिदका लागि आम्दानीको श्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैंकले लचकता अपनाएर पुनरावलोकन गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष घिमिरेको भनाइ थियो ।

व्यवस्थित बसोबास तथा सहरीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठूलाठूला सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउने विषयलाई समेटेर सहरी विकास ऐन जारी गर्नुपर्ने महासंघको सुझाव छ ।

प्रकाशित: ९ माघ २०८१ १५:२१ | Wednesday, January 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast