गोरखामा कुवामा डुबेर वृद्धाको मृत्यु

हिमाल प्रेस ११ माघ २०८१ १०:३१ | Friday, January 24, 2025
गोरखामा कुवामा डुबेर वृद्धाको मृत्यु प्रतीकात्मक तस्बिर।

गोरखा- कुवामा डुबेर एक जनाको मृत्यु भएको छ। पालुङटार नगरपालिका-६ ठूलाचौर घर भएकी ६७ वर्षीया कृष्णामाया कामीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माले जानकारी दिए।

करिब पाँच फिट गहिरो कुँवामा मृतावस्थामा कामीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटना बिहीबार भएको प्रहरीको भनाइ छ।

घटनापछि मृतकको शव उद्धार गरी परीक्षणपछि अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको उनले बताए। परिवारका सदस्यले मृतक मानसिक रोगी भएको जानकारी प्रहरी निरीक्षक शर्माले दिए।

प्रकाशित: ११ माघ २०८१ १०:३१ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast