गृहमन्त्रीसँग शिक्षा विधेयकबारे छलफल, विद्यालय कर्मचारीका माग समेट्न ध्यानाकर्षण

हिमाल प्रेस १६ माघ २०८१ १२:३३ | Wednesday, January 29, 2025
गृहमन्त्रीसँग शिक्षा विधेयकबारे छलफल, विद्यालय कर्मचारीका माग समेट्न ध्यानाकर्षण

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले गृहमन्त्री रमेश लेखकसँग विद्यालय शिक्षा विधेयक–२०८० का विषयमा छलफल गरी विद्यालय कर्मचारीका मागमुद्दाबारे ध्यानाकर्षण गराएको छ।

परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितले गृहमन्त्री लेखकलाई आज भेट्दै सोबारे ध्यानाकर्षण गराएका हुन्।

सो भेटपछि अध्यक्ष तिवारीले भने, ‘गृहमन्त्री रमेश लेखकसँग आज विद्यालय कर्मचारीका विषयमा छलफल भयो। संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेको विद्यालय शिक्षा विधेयक यथासक्दो चाँडो सदनबाट पास गराउ का निम्ति पनि छलफल भयो।’

नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री लेखकले यसअघि सरकारले विद्यालय कर्मचारीसँग गरेका सहमति शिक्षा ऐनमा समावेश गरी विधेयक चाँडै संसद्बाट पास हुनेमा ढुक्क रहन आश्वासन दिएको अध्यक्ष तिवारीले बताए।

प्रकाशित: १६ माघ २०८१ १२:३३ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast