‘गिरीबन्धुमा प्रश्न उठिरहेको बेला भूमि विधेयक ल्याइनु आपत्तिजनक छ’

हिमाल प्रेस ७ माघ २०८१ १६:३४ | Monday, January 20, 2025
‘गिरीबन्धुमा प्रश्न उठिरहेको बेला भूमि विधेयक ल्याइनु आपत्तिजनक छ’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आराेप लगाएका छन्। पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए।

उनले सरकारले मुलुकको लोकतान्त्रिक विधि र पद्धति उल्लंघन गर्दै अध्यादेश जारी गरेको जिकिर गरे। उनले अहिले संसद् नबोलाएर अध्यादेश ल्याउनुपर्ने कुनै कारण नभएको भन्दै उनले कुनै पनि बहानामा सदन छल्ने कुरा स्वीकार्य नहुने बताए।

उनले सदनमा विचाराधीन अवस्थामा रहेको विधेयकका बारेमा सरकारले अध्यादेश ल्याउन पाउँछ कि पाउँदैन ? भन्दै प्रश्न गरे। महासचिव गुरुङले गिरीबन्धु टी-स्टेटको जग्गा प्रकरणबारे प्रश्न उठिरहेको बेलामा ल्याइएको भूमिसम्बन्धी अध्यादेशले सरकारको नियतमा शंका पैदा भएको बताए।

उनले पछिल्लो समय भ्रष्टहरुलाई संरक्षण गर्ने र बचाउने काममा सरकार लागेको आरोप समेत लगाए। सुशासन र मुलुकको स्वाधिनताको रक्षाका लागि पक्ष र विपक्ष दुवै एक ढिक्का भएर जानुको विकल्प नभएको उनको भनाइ थियो।

प्रकाशित: ७ माघ २०८१ १६:३४ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast