गाजा युद्ध विराम : हमासले सार्वजनिक गर्‍यो तीन बन्धकको नाम

हिमाल प्रेस ६ माघ २०८१ १५:३८ | Sunday, January 19, 2025
गाजा युद्ध विराम : हमासले सार्वजनिक गर्‍यो तीन बन्धकको नाम फाइल तस्बिर : एफपी

काठमाडौँ- प्यालेस्टिनी इस्लामिक समूह (हमास) ले तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ।

इजरायल र हमासबीच आइतबारदेखि लागू हुने गरी युद्धविरामको सम्झौता भएपछि हमासले बन्धकहरूको नाम सार्वजनिक गरेको हो। सबैभन्दा पहिले रिहा गरिने तीन महिना बन्धकको नाम हमासले सार्वजनिक गरेको हो।

सामाजिक सञ्जाल टेलिग्राममार्फत सन्देश सार्वजनिक गर्दै हमासले इजरायलसँग भएको युद्धविराम सम्झौताअन्तर्गत सबैभन्दा पहिले तीन महिलालाई रिहा गरिने हमासले जनाएको छ।

रिहा हुने महिलाहरूमा २४ वर्षीया रोमी गोनेन, २८ वर्षीया एमिली डामरी र ३१ वर्षीया डोरोन स्टीनब्रचर रहेको बीबीसीले जनाएको छ।

रिहा हुन लागेकी एमिलीसँग इजरायल र ब्रिटेनको दोहोरो नागरिकता रहेको बताइएको छ।

यसअघि इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हमासले रिहा हुने बन्धकहरूको नाम सार्वजनिक गरे सम्म युद्धविराममा ढिलाइ हुने बताएका थिए।

प्रकाशित: ६ माघ २०८१ १५:३८ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast