खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

हिमाल प्रेस ११ माघ २०८१ ६:५१ | Friday, January 24, 2025
खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

पोखरा- नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एमबि आस्था निर्वाचित भएका छन्। आगामी २ वर्षे कार्यकालका लागि बिहीबार भएको मतदानमा उनले अध्यक्षका प्रत्यासी सुरज श्रेष्ठलाई ९ मात्र मतअन्तरले पराजित गरेका हुन्।

कुल खसेको ६४ मतमा उनले ३६ मत प्राप्त गरे भने श्रेष्ठले २७ मत ल्याएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज बरालले जानकारी दिए। सुरज यसअघि कार्यसमितिका उपाध्यक्ष थिए भने एमबि आस्था सदस्य थिए।

कार्यसमिति उपाध्यक्षमा राजाराम पौडेल र कोषाध्यक्ष विमल तिवारी निर्विरोध हुँदा समावेशी उपाध्यक्षमा उमा आले मगर, महासचिवमा परशुराम शर्मा आचार्य र सचिवमा राजु गिरी निर्वाचित भए।

सदस्यमा कृष्ण दवाडी, चेतबहादुर थापा (प्रवीण), बसबहादुर शेर्पाा (बसन्त), रिखीराम जिसी, विजय नेपाली, गीता राना र बालकुमारी पौडेल (तारा) निर्विरोध भए। मञ्चमा ७४ सदस्य छन्।

प्रकाशित: ११ माघ २०८१ ६:५१ | Friday, January 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast