क्रिप्टो करेन्सी कारोबारमा संलग्न पक्राउ

हिमाल प्रेस १८ माघ २०८१ १८:३२ | Friday, January 31, 2025
क्रिप्टो करेन्सी कारोबारमा संलग्न पक्राउ

काठमाडौँ– केन्द्रीय अनुसन्धान ब्यूरोले अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को स‌गठित कारोबारी तथा अनलाइन ठगीमा संलग्न सात जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको वर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय माइकल डङ्गौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–८ का २१ वर्षीय पियुस श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका–४ का १९ वर्षीय आश्विन चौलागाई र रौतहटको गौर नगरपालिका–९ का २२ वर्षीय सत्यमकुमार सहनी तथा भारतीय नागरिक २७ वर्षीय रोशन कुमार र ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

प्रहरीले उनीहरूका साथबाट सुपर कम्प्युटर दुई थान, मोबाइल १३ थान, विभिन्न व्यक्तिका नाममा जारी बैंकका चेक १९ थान र नगद पाँच लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।

विभिन्न व्यक्तिहरूलाई सङ्गठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको आरोपमा व्यूरोको टोलीले उनीहरूलाई पक्राउ गरेको व्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए।

उनीहरूले विभिन्न बैंक तथा डिजिटल वालेटका प्रयोगकर्तालाई झुक्याई बैंक तथा वालेटको आधिकारिक व्यक्ति भनि निजको ओटिपी लिएर बैंक तथा वालेटमा पुहँच पुर्‍याइ रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगी गरेका रकम थोरै समयमै विभिन्न व्यक्तिहरूको बैंक तथा वालेजमा ट्रान्सफर गर्ने, विभिन्न सामाजिक सञ्जालमा अनलाइन रोजगारी, घरमै बसेर धेरै कमाउन सकिने भन्ने आकर्षक विज्ञापन एवं अन्य माध्यमबाट प्रलोभनमा पारी विभिन्न वालेट खाता खोल्न लगाइ उक्त खाता आफूले प्रयोग गर्ने र त्यसबापट केही रकम दिने गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ माघ २०८१ १८:३२ | Friday, January 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast