क्रिकेटर सन्दीपले उठाए अम्पायरमाथि प्रश्न

हिमाल प्रेस २६ पुष २०८१ १२:१९ | Friday, January 10, 2025
क्रिकेटर सन्दीपले उठाए अम्पायरमाथि प्रश्न

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले जारी जय ट्रफी एलिट कपको अम्पायरिङमाथि प्रश्न उठाएका छन्। उनले नेपालका खेलहरूमा अम्पायरिङको अवस्था सुधार नभएकोमा बताए।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै लामिछानेले अम्पायरको गलत निर्णयका कारण खेलाडीहरू प्रभावित भइरहेको जिकिर गरेका छन्। यसबारे कप्तानले रेफ्रीलाई रिपोर्ट गरे पनि कुनै सुधार नभएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘मैले यो भन्नुहुँदैन तर नेपालमा अम्पायरिङको स्तरमा उल्लेख्य सुधार आवश्यक छ। यो लामो समयदेखि अस्तव्यस्त रहेको छ र आवश्यक कदम चालिएन भने भविष्यमा गलत निर्णयका कारण अनगिन्ती खेलाडीले पीडा भोग्नु पर्नेछ। हामीले कप्तानको रिपोर्ट रेफ्रीलाई प्रदान गछौं तर पनि म कुनै परिवर्तन भएको देख्दिनँ। खेलको निष्पक्षता र खेलाडीहरूको विकासका लागि अम्पायरिङको गुणस्तर अभिवृद्धि महत्त्वपूर्ण छ। आशा छ सम्बन्धित निकायले ध्यान दिनुहुनेछ र आवश्यक सुधारको लागि पहल गर्नुहुनेछ।’

लामिछाने जय ट्रफीमा बागमती प्रदेशको कप्तान हुन्। उनको टोलीले त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशविरुद्ध खेलेका दुवै खेलमा बराबरी गरेको छ।

प्रकाशित: २६ पुष २०८१ १२:१९ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast