क्रान्तिकारीको मतणनामा विवाद भएपछि रोकियो

हिमाल प्रेस १३ माघ २०८१ ९:१७ | Sunday, January 26, 2025
क्रान्तिकारीको मतणनामा विवाद भएपछि रोकियो

काठमाडौँ- अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा विवाद भएको छ। उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशको मतगणना सुरु गर्नुअघि मसी फेरिएको भेटिएकाले मतगणनामा विवाद आएको हो।

अब विश्वविद्यालय र विशेष प्रदेशको मतगणना गर्न बाँकी छ। मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएकोमा कालो मसीले पनि मतदान गरेको पाइएकाले मतगणना स्थगित भएको हो। हालसम्म प्रादेशिक गणना अन्तिम अवस्थामा पुगेको छ।

अध्यक्षका उम्मेदवार विजयप्रकाश सापकोटाले अग्रता कायम गर्दा हेमन्त राईले कडा टक्कर दिइरहेका छन्। उपदेश यादव र सुदिन पौडेल क्रमश तेस्रो र चौथो रहेका छन्।

प्रकाशित: १३ माघ २०८१ ९:१७ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast