 
                             
                                            विराटनगर- कोशी प्रदेशसभाको आजको बैठकमा ताप्लेजुङमा केबलकार निर्माण घटनाको विषय उठेको छ।
बैठकमा नेकपा माओवादी केन्द्रका राजन किराँतीले ताप्लेजुङ घटनाबाट सरकारले पाठ सिक्नुपर्नेभन्दा दिगो विकासका लागि स्थानीय जनताको साथ सहयोग आवश्यक भएको बताए। स्थानीयले रुचि नदेखाएसम्म केबलकार निर्माण कार्य रोक्नुपर्ने उनले सुझाव दिए।
नेपाली कांग्रेसकी शोभा चेम्जोङले पर्यटन क्षेत्रको विकास गर्न केबलकार योजनालाई अस्वीकार गर्न नमिल्ने बताइन्। उनले केबलकार सञ्चालन गर्दा त्यसबाट प्राप्त हुने लाभ स्थानीयको मागअनुसार खर्च गर्ने व्यवस्था गरिनुपर्नेमका जोड दिइन्।
त्यसैगरी सभाले ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकृत गरेको छ। उक्त विधेयक प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले सदनमा पेस गरेका थिए। सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा त्यसलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।
कोशी प्रदेशसभाको अर्को बैठक यही माघ २१ गते दिउँसो १ बजे बस्ने तय भएको छ।
याे पनि
पाथीभरामा केबलकार निर्माण : स्थानीयलाई निषेध गर्दा चुलियो विवाद

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 