कोशी प्रदेशसभाले स्वीकृत गर्‍यो केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश

हिमाल प्रेस १३ माघ २०८१ २१:३१ | Sunday, January 26, 2025
कोशी प्रदेशसभाले स्वीकृत गर्‍यो केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश

विराटनगर- कोशी प्रदेशसभाको आज (आइतबार) को बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो प्रस्ताव स्वीकृतिका लागि सदनमा पेस गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए।

यसका साथै मन्त्री भण्डारीले सदनमा विभित्र समयमा उठेका विषयमा धारणा राखेका थिए। उनले प्रदेश सरकारले प्रहरी समायोजनका विषयमा स‌ंघीय सरकारसँग पहल गरिरहेको बताए।

बैठकमा उद्योग, कृषि सहकारीमन्त्री खगेनसिं हाङ्गामले ‘प्रदेश बीउबिजनसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक’ विचार गरियोस् भनी पेस गरेका प्रस्तावसमेत सर्वसम्मतले पारित भई त्यसमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सैद्धान्तिक छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै बालीनालीमा लाग्ने रोग र कीराको पहिचान गरी विषादी प्रयोग गर्न विधेयकले मद्दत गर्ने बताए।

प्रकाशित: १३ माघ २०८१ २१:३१ | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast