केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि

हिमाल प्रेस १६ माघ २०८१ १७:२१ | Wednesday, January 29, 2025
केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि

काठमाडौँ– केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए।

उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल संघद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा उपाधि विजेता टोलीले १५ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने छन्। प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

त्यस्तै हरेक खेलको विजेता टोलीले २५ हजार रुपैयाँ पाउने छन्। उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन्।

प्रकाशित: १६ माघ २०८१ १७:२१ | Wednesday, January 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast