केपी ओलीले कमल थापासँग खुलाए तत्काल संविधान संशोधनबाट पछि हट्नुको कारण

हिमाल प्रेस २६ पुष २०८१ १४:४६ | Friday, January 10, 2025
केपी ओलीले कमल थापासँग खुलाए तत्काल संविधान संशोधनबाट पछि हट्नुको कारण प्रधानमन्त्री केपी शर्मा ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच शुक्रबार बालुवाटारमा भएको भेट। तस्बिर सौजन्य : राप्रपा नेपाल

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न समय लाग्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापासँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका अध्यक्ष थापाले जानकारी दिए।

थापाका अनुसार ओलीले संविधानमा संशोधन २०८७ पछि मात्रै हुने विषयमा स्पष्ट पारेका थिए। थापाले भने, ‘प्रधानमन्त्री ओलीले संसद्‌मा रहेका कतिपय दलहरुले संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन पछि धकेलिन सकिने आफ्नो धारणा रहेको बताउनुभयो।’

ओलीले सहमतिका आधारमा संविधान संशोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएका थिए। अध्यक्ष थापाले देश अहिले गंभीर संकटबाट गुज्रिरहेको विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए। बालुवाटारमा भएको भेटमा समसामयिक परिस्थितिका बारेमा विचारविमर्श भएको थियो।

ओलीले केही दिनअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकमा बोल्दै तत्काल संविधान संशोधन नहुने बताएका थिए। उनले भनेका थिए, ‘अहिले राष्ट्रियसभामा एमालेको बहुमत छैन। २०८७ सालमा एमालेको बहुमत पुग्छ अनि त्यतिबेला संविधान संशोधन गर्नेछौँ।’

गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधनलगायत विषय समावेश छन्।

प्रकाशित: २६ पुष २०८१ १४:४६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast