कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी

हिमाल प्रेस ६ माघ २०८१ १७:४० | Sunday, January 19, 2025
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी फाइल तस्बिर

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हाल छ्लफलमा रहेको कृषि विधेयकले कृषि र आम किसानको समस्या सम्बोधन गर्ने बताएका छन्।

किसान आयोगको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आइतबार कीर्तिपुरमा सम्बोधन गर्दै मन्त्री अधिकारीले निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउने गरी कानुन निर्माणमा मन्त्रालय लागेको जानकारी दिए।

‘अहिले पनि धेरै परिवार कृषिमा लागेका छन् तर ठूलो मात्रामा कृषि उपजको आयात गर्नु परिरहेको छ त्यसैले अब कृषिलाई व्यवसायिक बनाउन आवश्यक छ,’ मन्त्री अधिकारीले भने।

आयातितभन्दा आफ्नै उत्पादन प्रयोग गर्ने संकल्प सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीको भनाइ छ। यसका लागि तीनै तहका सरकारको सामुहिक प्रयास जरुरी रहेको उनले बताए।

‘कृषि उपजको उत्पादन बढाउने प्रयास सबैतिरबाट भैरहेको छ, तर हामीले खाने अन्न तरकारीले रोग निम्त्याइरहने अवस्था आउनु हुँदैन,’मन्त्री अधिकारीले भने।

विषादी न्युनीकरण गर्नेतर्फ पनि सबैको प्रयास जरुरी रहेको अधिकारीले बताए।

प्रकाशित: ६ माघ २०८१ १७:४० | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast