 
                             
                                            काठमाडौँ- कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खता’ योजनाअन्तर्गत खातावालाको परिवारलाई १० लाख रूपैयाँ दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।खातावालको परिवारका तर्फबाट मुना राणालाई बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको हो।
बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालासहित परिवारका चार जना सदस्यहरूले २६ लाख रूपैयाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकहरूको सुविधाका लागि “कुमारी परिवार सुरक्षा बचत खाता” योजनामार्फत बीमालगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 