कालिमाटीमा तरकारी : घट्यो आलुको मूल्य, गाँजर २५ रुपैयाँमा

हिमाल प्रेस १७ माघ २०८१ ९:१६ | Thursday, January 30, 2025
कालिमाटीमा तरकारी : घट्यो आलुको मूल्य, गाँजर २५ रुपैयाँमा

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बिहीबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

आज गोलभेँडाको मूल्य केही घटेको छ। आलु, काउली, गोलभेँडा, बन्दा, मुला, गाँजर, फर्सी, भेन्टा, सागसहितका तरकारीको थोक मूल्य आज पनि कालीमाटीमा निकै कम छ। करेला, भिन्डीसहितका तरकारीको मूल्य भने घटेको छैन। कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ३७, भारतीय रातो आलु ३५, तराईको गाँजर २५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तराईको बन्दा १२, स्थानीय काउली १२, तराईको काउली १२, सेतो मुला २०, रायोको साग १०, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो भारतीय गोलभेँडा २७, रातो आलु ३७, भारतीय रातो आलु ३४, तराईको गाँजर २५, लोकल बन्दा १५, तराईको बन्दा १२, स्थानीय काउली १०, ज्यापु काउली १७, रातो मुला २२ रुपैयाँ प्रतिकिलो थियो। त्यसैगरी सेतो मुला १७, लाम्चो भन्टा २५, डल्ले भन्टा ३५, करेला १०५, लौका ५५, फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १७ माघ २०८१ ९:१६ | Thursday, January 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast