कालिमाटीमा तरकारीको मूल्य : लोकल गोलभेँडा २२, ज्यापु काउली १७ रुपैयाँ [अरू कति])

हिमाल प्रेस १३ माघ २०८१ ८:४० | Sunday, January 26, 2025
कालिमाटीमा तरकारीको मूल्य : लोकल गोलभेँडा २२, ज्यापु काउली १७ रुपैयाँ [अरू कति])

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (आइतबार)को तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ४१, सुकेको भारतीय प्याज ६९, लोकल गाँजर ३५, तराईको गाँजर २५, लोकल बन्दा १५, तराईको बन्दा ११, नरिवल बन्दा ११, स्थानीय काउली १२, ज्यापु काउली १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तराईको काउली ११, रातो मुला २५, सेतो मुला १२, हाइब्रिड मुला २२, लाम्चो भन्टा ३५, हरियो फर्सी १५, भिन्डी १०५, रायोको साग १२, तोरिको साग २२, कन्य च्याउ ७०, डल्ले च्याउ ३००, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडाको मूल्य १७, लोकल बन्दा २०, तराईको बन्दा १२, नरिवल बन्दा १२, स्थानीय काउली ११, ज्यापु काउली १७, तराईको काउली ११ रुपैयाँ प्रतिकिको थियो। त्यसैगरी सेतो मुला १७, लाम्चो भन्टा २५, हरियो फर्सी १५, रायोको साग १२, कन्य च्याउ ७०, डल्ले च्याउ ३२६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: १३ माघ २०८१ ८:४० | Sunday, January 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast