कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा २२, हरियो फर्सी १७ रुपैयाँ [अरू कति?]

हिमाल प्रेस ६ माघ २०८१ ८:५१ | Sunday, January 19, 2025
कालिमाटीमा तरकारीको मूल्य : गोलभेँडा २२, हरियो फर्सी १७ रुपैयाँ [अरू कति?]

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (आइतबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा करेला, भिन्डी सहितका तरकारीको मूल्य केही बढेको छ। कालीमाटीमा आज पनि काउली, फर्सी, मुला, सागसहितका तरकारी अन्य तरकारीको दाँजोमा सस्तो छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा २२, रातो आलु ४२, गाँजर ५५, लोकल बन्दा २२, तराईको बन्दा १७, स्थानीय काउली १७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी सेतो मुला १७, लाम्चो भन्टा ३७, करेला १२५, हरियो फर्सी १७, स्कुस ४५, रायोको साग १७, कन्य च्याउ ७०, डल्ले च्याउ २७६, ब्रोकाउली ३० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालिमाटीमा हिजो सानो लोकल गोलभेँडा २५, रातो आलु ४२, भारतीय रातो आलु ३८, सुकेको भारतीय प्याज ६४, गाँजर ६५, लोकल बन्दा २०, तराईको बन्दा १७, काउली १७ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी मकै बोडी ६५, रातो मुला २५, लाम्चो मन्टा ४५, करेला १००, लौका ४५, हरियो फर्सी १७, रायोको साग १५, कन्य च्याउ ८५, डल्ले च्याउ २७६, ब्रोकाउली २५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ६ माघ २०८१ ८:५१ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast