 
                             
                                            काठमाडौँ- काठमाडौँमा चिसो बढेको छ। शनिबार बिहान ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसअघि शुक्रबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो। गत शुक्रबारयता काठमाडौंको न्यूनतम तापक्रम हल्का बढिरहेको छ। त्यसदिन ४ डिग्री सेल्सियस मापन भएको थियो।
आज काठमाडौँको अधिकतम तापक्रम भने केही बढेर १९ देखि २१ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। दिउँसोको समयमा काठमाडौँको मौसम सफा रहने आकाश खुला हुँदा तापक्रम केही बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए।
                            प्रकाशित: २० पुष  २०८१ ७:४४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 