काठमाडौँ- काठमाडौँको तापक्रम घटेसँगै चिसो बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको छ।
आइतबार न्यूनतम तापक्रम १८.१ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारको तुलनामा काठमाडौंको आकाशमा बादल केही कम भएका कारण तापक्रम पनि केही घटेको महाशाखाले जनाएको छ। आइतबारदेखि अधिकतम तापक्रम पनि घट्न थालेको छ।
केही दिनअघि काठमाडौँको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस मापन भएकोमा आइतबार १८.४ डिग्री सेल्सियस मापन भएको थियो। आज अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।
प्रकाशित: १४ माघ २०८१ ७:२३ | Monday, January 27, 2025
प्रतिक्रिया




