एक्साभेटरको ठक्करबाट बालिकाको मृत्यु

हिमाल प्रेस २६ पुष २०८१ १५:४३ | Friday, January 10, 2025
एक्साभेटरको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँ- काठमाडौँमा एक्साभेटरको ठक्करबाट एकबालिकाको मृत्यु भएको छ। आज शुक्रबार नागार्जुन नगरपालिका-६ ह्वाइट गुम्बानजिकैको सडकमा बा२ क ६०८८ नम्बरको जेसीबीले ठक्कर दिँदा सोही ठाउँ बस्ने ११ वर्षकी अनुषा तामाङको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: २६ पुष २०८१ १५:४३ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast