काठमाडौँमा आज बढ्यो चिसो, कति छ तापक्रम?

हिमाल प्रेस २८ पुष २०८१ ७:१९ | Sunday, January 12, 2025
काठमाडौँमा आज बढ्यो चिसो, कति छ तापक्रम?

काठमाडौँ- काठमाडौँ आज बिहानको तापक्रम घटेको छ। योसँगै काठमाडौँमा थप चिसो बढेको छ। शनिबारको तुलनामा काठमाडौँको न्यूनतम तापक्रम हल्का घटेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ। शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो।

आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौँमा पनि हल्का पर्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्।आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।

प्रकाशित: २८ पुष २०८१ ७:१९ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast