काठमाडौँबाट जनकपुर जाँदै गरेको माइक्रोबस दुर्घटना

हिमाल प्रेस ३ माघ २०८१ २१:४३ | Thursday, January 16, 2025
काठमाडौँबाट जनकपुर जाँदै गरेको माइक्रोबस दुर्घटना

काठमाडौँ- काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।

बा ३ ख ८४४५ नम्बरको माइक्रो बस बीपी राजमार्गको सिन्धुली सुनकोशी गाउँपालिका–३ स्थित कानढुंग्रीमा दुर्घटना भएको हो।

टायर पंक्चर हुँदा अनियन्त्रित भएर माइक्रोबस सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिल खड्काले बताएका छन्।

दुर्घटनामा घाइते भएका ६ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्य ६ जनाको खुर्कोटस्थित सुनकोशी अस्पतालमा उपचार भइरहेको छ।

बसका चालक ३२ वर्षीय सञ्जयकुमार महतोलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ माघ २०८१ २१:४३ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast