कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले विभिन्न विभागका सचिवहरु मनोनयन गरेको छ। सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका विभिन्न विभागमा सचिवहरु मनोनीत गरेका हुन्।
प्रदेश समन्वय विभागको सचिवमा डा. रघु काफ्ले, महिला विभागको सचिवमा कविता इटनी, सूचना, संचार तथा प्रचार विभागमा गोपाल झा र उद्योग तथा व्यापार विभागमा ध्रुव खड्का मनोनीत भएका छन्।

प्रकाशित: २६ पुष २०८१ १७:५० | Friday, January 10, 2025
प्रतिक्रिया




