कांग्रेसका मन्त्रीलाई छलफलका लागि देउवाले बोलाए

हिमाल प्रेस २ माघ २०८१ १२:५१ | Wednesday, January 15, 2025
कांग्रेसका मन्त्रीलाई छलफलका लागि देउवाले बोलाए सभापति शेरबहादुर देउवा। फाइल तस्बिर।

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि बोलाएका छन्। देउवाले भोलि बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा छलफल गर्ने गरी मन्त्रीहरूलाई बोलाएका हुन्।

कांग्रेसबाट सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री छन्। देउवाले मन्त्रीहरूलाई प्रगति विवरणसहित उपस्थित हुन निर्देशन दिएको बताइएको छ। देउवाले मन्त्रीहरूसँग संसदीय दलको कार्य समितिको छलफल गराउन खोजेको भनिएको छ। सरकारमा सहभागी केही मन्त्रीको विषयमा आलोचना भइरहेको भन्दै देउवाले छलफल आह्वान गरेको बताइएको छ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने- मन्त्रीहरूसँग नियमित छलफल गर्न सभापतिज्युले बोलाउनु भएको हो।

प्रकाशित: २ माघ २०८१ १२:५१ | Wednesday, January 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast