कस्तो छ आजको मौसम?

हिमाल प्रेस १ माघ २०८१ ७:३१ | Tuesday, January 14, 2025
कस्तो छ आजको मौसम? फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

आगामी २४ घन्टाका लागि तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको अवस्था रहने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित: १ माघ २०८१ ७:३१ | Tuesday, January 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast