कर्णाली र सुदूरपश्चिममा वर्षा हुन सक्ने

हिमाल प्रेस ६ माघ २०८१ ६:१४ | Sunday, January 19, 2025
कर्णाली र सुदूरपश्चिममा वर्षा हुन सक्ने फाइल तस्बिर

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदली रहने सम्भावना रहेको छ।

बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ६ माघ २०८१ ६:१४ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast