कर्णाली र सुदूरपश्चिमको उच्च भूभागमा हिउँ पर्ने, तराईमा हुस्सु

हिमाल प्रेस ८ माघ २०८१ ६:१९ | Tuesday, January 21, 2025
कर्णाली र सुदूरपश्चिमको उच्च भूभागमा हिउँ पर्ने, तराईमा हुस्सु

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। साथै तराईका केही भूभागहरूमा हुस्सु लागेको अवस्था छ।

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

प्रकाशित: ८ माघ २०८१ ६:१९ | Tuesday, January 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast