काठमाडौँ- सांगीतिक ब्याण्ड कथन नेपालले ‘उडायो’ बोलको गीत सार्वजनिक गरेको छ। गीतमा रुपेश जंग बहादुर सिंहको स्वर छ। म्युजिक नेपालको प्रस्तुति रहेकोको गीतमा गितारमा गोविन्द सुनुवार र राम डंगोल, ड्रममा मञ्जिलराज श्रेष्ठ छन्।
चित लामाले निर्देशन गरेको गीतको भिडियोमा अरुण अमात्य, रियान बागवानी, आविस्कार शर्मा, उत्सव लामिछाने, जमुना रिजालको अभिनय छ।
सुनेश श्रेष्ठ (अस्ट्रेलिया) र अमृत सुनुवार (नेपाल) डिओपी रहेको भिडियोको सम्पादन मदन घिमिरेले गरेका छन्। भिडियो अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको हो।
यस्ताे छ गीत
                            प्रकाशित: २ माघ  २०८१ १५:३९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


