काठमाडौँ- काठमाडौँमा माघ लागेसँगै तापक्रम बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान ५:४५ बजे काठमाडौंको तापक्रम ६.२ डिग्री सेल्सियस मापन भएको छ।
बुधबार सोही समयको मापनमा तापक्रम ६.६ डिग्री सेल्सियस थियो। बिहानको तापक्रम रातभरि आकाश खुला अथवा बादलले ढाकेको अवस्थामा निर्भर रहन्छ। आकाश खुला हुँदा बिहानको समयमा तापक्रम घट्छ भने बादलले ढाक्दा तापक्रम केही बढ्छ।
दिउँसोको समयमा भने खुला आकाश हुँदा तापक्रम बढ्ने हुन्छ। आज काठमाडौँको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ। बुधबार अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियसम मापन भएको थियो।
प्रकाशित: १० माघ २०८१ ७:४६ | Thursday, January 23, 2025
प्रतिक्रिया



