ओली नेतृत्वका मन्त्रीहरूले देउवालाई भने : काममा तीव्रता दिन सकिएको छैन

हिमाल प्रेस ३ माघ २०८१ १२:४१ | Thursday, January 16, 2025
ओली नेतृत्वका मन्त्रीहरूले देउवालाई भने : काममा तीव्रता दिन सकिएको छैन सभापति शेरबहादुर देउवा । फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्। बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।

हालसम्म तीन जना मन्त्रीले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए। उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले बताए।

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए।

प्रकाशित: ३ माघ २०८१ १२:४१ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast