एक्रिंगटन स्टेनलीमाथि लिभरपुलको रवाफ

हिमाल प्रेस २८ पुष २०८१ ८:५२ | Sunday, January 12, 2025
एक्रिंगटन स्टेनलीमाथि लिभरपुलको रवाफ

काठमाडौँ- इंग्लिस टिम लिभरपुल एफए कपको चौथोँ चरणमा प्रवेश गरेको छ। चौथो डिभिजनको एक्रिंगटन स्टेनली एफसीविरुद्ध ४-० को सानदार जित निकालेपछि लिभरपुल चौँथो चरण प्रवेश गरेको हो।

शनिबार घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, ट्रेन्ट एलेक्सनेन्ड आर्नोल्ड, जेडन डान्स र फेडेरिको चेइसाले गोल गरे। खेलको २९औँ मिनेटमा जोटाको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो। ४५औं मिनेटमा आर्नोल्डले टोलीको अग्रता दोब्बर बनाए।

डान्सले ७६औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे। निर्धारित समयको अन्तिम मिनेटमा चेइसाले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाए।

प्रकाशित: २८ पुष २०८१ ८:५२ | Sunday, January 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast