उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

हिमाल प्रेस ६ माघ २०८१ ९:४२ | Sunday, January 19, 2025
उद्धव थापालाई आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता उद्धव थापामाथि शनिबारको भएको आक्रमणको भत्सर्ना गरेको छ। पूर्वमुख्यमन्त्री समेत रहेका उनलाई केही व्यक्तिले शनिबार झापामा आक्रमण गरेका थिए।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुंगा नजिक उनीमाथि आक्रमण भएको उल्लेख छ। उनको निधारमा चोट लागेको छ।

कांग्रेसले थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको यथार्थ छानबिन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाहीको माग सरकारसँग गरेको छ।

प्रकाशित: ६ माघ २०८१ ९:४२ | Sunday, January 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast