 
                             
                                            काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) का पेसागत समस्या समाधान गर्न सकारात्मक भएकी छन्।
शुक्रबार चितवनमा बालविकास शिक्षकसँग मन्त्री भट्टराईले माग पूरा गर्न आफू सकारात्मक भएको बताइन्।
मन्त्री भट्टराईले नयाँ शिक्षा ऐनमा बालविकास शिक्षकका माग समेटिने बताएको चितवनकी बालशिक्षक रेखा रानाभाटले जानकारी दिइन्।
रानाभाटसहितका बालविकास शिक्षकले मन्त्री भट्टराईलाई भने,‘विद्यालय शिक्षा विधेयकमा बालविकास शिक्षकका के-के समेटिएका छन्? हामीमा अन्योल छाएको छ। मन्त्रीज्यूले हाम्रो अन्योलता चिरिदिनुहुनेछ भन्नेमा आशावादी छौं। शिक्षा ऐनमा बालविकास शिक्षकका तलबभत्ता, सेवासुविधा, पेसागत स्थायित्व, दरबन्दी, विद्यालय संरचनामा लैजाने विषय सबै समेटिनुपर्दछ।’
बालविकास शिक्षकले मन्त्री भट्टराईलाई केही स्थानीय तहले सरकारले तोकेको न्यूनतम तलब पनि नदिएको गुनासो गरेका थिए।
मन्त्री भट्टराईले थप छलफलका लागि बालविकास शिक्षकलाई सिंहदरबार बोलाएकी छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 