इजरायल जाने कामदारको आजदेखि पूर्वप्रस्थान अभिमुखीकरण तालिम

हिमाल प्रेस १० माघ २०८१ ११:११ | Thursday, January 23, 2025
इजरायल जाने कामदारको आजदेखि पूर्वप्रस्थान अभिमुखीकरण तालिम एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

काठमाडौँ– इजरायल रोजगारीमा छनोट भई स्वास्थ्य परीक्षण गरेका कामदारको आजदेखि अभिमूखीकरण तालिम सुरु भएको छ। वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका ८९७ जना कामदारलाई आजदेखि तालिम दिन थालेको हो।

ललितपुरको भैँसेपाटीस्थित प्रतिष्ठानको कार्यालयमा पूर्वप्रस्थान अभिमुखीकरण तालिममा महिला ५२८ र पुरुष ३६९ जना सहभागी भएको विभागले जनाएको छ।

क्रम संख्या १ देखि १५० सम्मका उम्मेदवारहरुलाई माघ १० र ११ गते, क्रम संख्या १५१ देखि ५३० सम्मकालाई माघ १३ र १४ र क्रम संख्या ५३१ देखि ८९७ सम्मका उम्मेदवारहरुलाई माघ १५ र १६ गते तालिममा सहभागी हुनुपर्ने विभागले जनाएको छ।

सहायक कामदारका रुपमा इजरायल जान छनोट भएका उम्मेदवारले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था भएको वैदेशिक रोजगार विभागका प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए।

तालिमपछि सरकारले इजरायलसँगको द्धिपक्षीय श्रम सम्झौता गरेअनुसार कामदार पठाउन थालिने उनको भनाइ छ।

पुरुष सहायक कामदारले तालिमका लागि सात सय रुपैयाँ शुल्क बुझाउनुपर्ने र महिलालाई कुनै शुल्क नलाग्ने विभागले जनाएको छ।

प्रकाशित: १० माघ २०८१ ११:११ | Thursday, January 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast