 तस्बिरः रोयटर्स
                             तस्बिरः रोयटर्स
                                            बेरुत (रासस/सिन्ह्वा)- लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली सैनिकको आक्रमणबाट २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ। सोमबार इजरायली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए।
आइतबार बिहानदेखि सयौं लेबनानीहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन्। लेबनानीहरू इजरायलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेको र इजरायली सेनाले सिमानामा फर्किएका नागरिकहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरायली सेनाबीच जारी युद्धविराम सम्झौतापछि पनि यस्ता घटनाहरू सार्वजनिक भएका छन्।
                            प्रकाशित: १५ माघ  २०८१ २१:४० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 