आशिका तामाङ काठमाडौँबाट छुटे पनि भक्तपुरको थानामा

हिमाल प्रेस १५ माघ २०८१ ६:५४ | Tuesday, January 28, 2025
आशिका तामाङ काठमाडौँबाट छुटे पनि भक्तपुरको थानामा

काठमाडौँ- अभद्र व्यवहार मुद्दामा पक्राउ परेकी आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० हजार धरौटीमा रिहा भएकी छन्। उनी माघ २ गते पक्राउ परी प्रहरी वृत्त गौशालाको हिरासतमा थिइन्।

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन्।प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप रहेको छ। पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा उनी पक्राउ परेकी थिइन् ।

काठमाडौँस्थित प्रहरी वृत्त गौशालाले उनको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्दा उनी धरौटीमा रिहा भएकी हुन्। उनी छुटेपछि फेरि गौशाला प्रहरीले आफ्नो साथमै कार्यालय लगेको छ। भक्तपुरको जगातीस्थित प्रहरी वृत्तमा पनि उनीविरुद्ध मुद्दा भएका कारण उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको छ। उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ।

प्रकाशित: १५ माघ २०८१ ६:५४ | Tuesday, January 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast