 नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।
                             नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति अध्यक्ष लक्ष्मीकिशोर सुवेदी।
                                            काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनको तयारी बैठक बोलाएको छ। तत्काल विद्यालय शिक्षा विधेयक-२०८० लाई ऐनको रूपमा जारी गर्न, सरकारले गत सोमबार जारी गरेको अध्यादेशमा पेन्सनसम्बन्धी व्यवस्था खारेजलगायत विषयमा सरकारलाई दबाब दिन आन्दोलन घोषणा गर्न महासंघले यही माघ १६ र १७ गते बैठक बोलाएको हो।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक सूचनामार्फत भने,‘शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालयमैत्री शिक्षा ऐन जारी गराउन एउटा निर्णायक आन्दोलन तयारी र सञ्चालनका लागि आवश्यक, रणनीति र कार्यक्रम तय गर्न नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठक २०८१ माघ १६ र १७ गते काठमाडौँमा हुने भएकोले राष्ट्रिय समितिका पदाधिकारी तथा सदस्य, आबद्धसम्बद्ध संस्थाका अध्यक्ष र महासचिवज्यूहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध छ।’
महासंघका अध्यक्ष सुवेदीले सरकारले शिक्षकसँग गरेका सहमति पालना नगर्ने रवैयाले समस्या जटिल बन्दै गएको बताए। उनले हिमालप्रेससँगको अन्तर्वार्तामा भने, ‘अब हाम्रो आन्दोलन पालिकास्तरबाट उठान गर्छौँ। शिक्षकहरू आन्दोलित छन् यिनीहरूलाई काठमाडौँ आउन दिनुहुँदैन, त्योभन्दा अगाडि शिक्षक कर्मचारीका समस्या समाधान गर्नुपर्छ भनेर सचेतना गराउँछौँ। आन्दोलन पालिका, जिल्ला हुँदै उठान हुन्छ र काठमाडौँ आउँछ। सरकारलाई यत्ति भन्छु, हामीलाई काठमाडौँ नबोलाउनुस्। त्योभन्दा अगाडि ऐन जारी गरेर शिक्षकका पक्षमा काम गर्नुस्।’
बैठक माघ १६ गते विहान ११ बजे नवदुर्गा पार्टी भेन्यु,सुकेधारामा बस्ने बताइएको छ।
मन्त्रालयले किन दियो शिक्षकलाई धम्की? महासंघ भन्छ, फेरि काठमाडौँ उत्रन बाध्य नपारियोस्
विद्यालय शिक्षा विधेयकबारे पोखरामा सुझाव संकलन, सहभागीले दिए यस्तो सुझाव
२०८१ अघिका शिक्षकहरू पेन्सनकै प्रावधानमा रहनुहुन्छः शिक्षामन्त्री

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/nanumaya-parajuli.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 