काठमाडौँ- सरकारले शिक्षक कर्मचारीसँग सहमति गरेका मागमुद्दा समेटेर नयाँ शिक्षा ऐन जारी गर्न ढिला गरेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्ने नगर्नेबारे निर्णयका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। सुकेधारास्थित एक पार्टी प्यालेसमा महासंघको बैठक सुरु भएको हो। उक्त बैठक भोलि सकिनेछ।
बैठकमा आम शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकको चाहना, मर्म र आवश्यकता अनुसार नयाँ कार्यक्रम ल्याउने विषयमा छलफल भएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले जानकारी दिए।
उनले नेपाल शिक्षक महासंघ र सरकारबीच गत वर्षको असोज ५ र १२ गतेको सम्झौता बमोजिम विद्यालय शिक्षा ऐन ल्याउनुपर्ने बताए।
दुई दिनसम्म चल्ले बैठकले तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्ने नगर्ने र आन्दोलनको प्रकृति कस्तो बनाउने भन्ने विषयमा टुंगो लगाउने बैठकमा सहभागी एक शिक्षक नेताले जानकारी दिए।
यो पनि

संसद्को शिक्षा समिति सभापति थापालाई प्रश्न : विद्यालय शिक्षा विधेयक कहाँ पुग्यो? [अन्तर्वार्ता]






                                             
                                             
                                             
                                             
                                             

