आदर्श गाविसका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार मुद्दा

हिमाल प्रेस ७ माघ २०८१ १४:४३ | Monday, January 20, 2025
आदर्श गाविसका तत्कालीन सचिव अन्सारीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ- बाराको साविक आदर्श गाविस भवानीपुर जीतपुर (हाल जीतपुरसिमरा उपमहानगरपालिका) का तत्कालीन सचिव आस महम्मद अन्सारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसको रकम हिनामिना गरेको आरोपमा अन्सारीमाथि सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अन्सारीले गाविसको स्वामित्वमा रहेका गुदरी बजार र मिना बजारका सटरहरू अपारदर्शी ढंगबाट भाडा लगाएको, १२१ जना उपभोक्ताहरूबाट आर्थिक २०६४/६५ मा लिएको धरौटीवापतको ३८ लाख ३० हजार ५ सय रूपैयाँ खातामा जम्मा नगरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनीमाथि ३८ लाख ३० हजार ५ सय बिगो कायम गरी सोहीबमोजिमको जरिवाना र कैद साजय मागदाबी गरी आरोपपत्र दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रकाशित: ७ माघ २०८१ १४:४३ | Monday, January 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast