आजको मौसम : कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा आज वर्षाको सम्भावना छ

हिमाल प्रेस ३ माघ २०८१ ६:२६ | Thursday, January 16, 2025
आजको मौसम : कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा आज वर्षाको सम्भावना छ

काठमाडौँ- देशभर आज आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। आज दिउँसो कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने छ।

प्रकाशित: ३ माघ २०८१ ६:२६ | Thursday, January 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast